२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हामीलाई बलात्कार गर्न बन्द गर’– कान्स फेस्टिभलमा चिच्याइन् महिला



अ+ अ-

फ्रान्समा अहिले कान्स फिल्म फेस्टिभल जारी छ । यो फेस्टिभल यही मे २८ तारिखसम्म चल्नेछ ।

फेस्टिभलमा विश्वभरिका फिल्म सेलिब्रेटीको जमघट हुने गर्दछ । यहाँ फिल्मको प्रिमियर सो हुनेछ भने रेड कार्पेटमा वाक गरेर विश्वभरका सेलिब्रेटी दैनिक चर्चा रहने गर्छन् ।

नेपाली फिल्म अभिनेत्री सुरक्षा पन्त पनि एउटा विदेशी फिल्मको प्रिमियरका लागि अहिले कान्स फेस्टिभलमा पुगेकी छन् । त्यहाँ उनले रेड कार्पेटमा रातै पहिरनमा वाकसमेत गरिसकेकी छन् ।

त्यसैले कान्स फिल्म फेस्टिभल विश्वभरका फिल्म सेलिब्रेटीहरुको आकर्षणको केन्द्र पनि हो । तर यसपटक यहाँ फेस्टिभलमा अर्कै समाचारले पनि चर्चा पाएको छ ।

कान्समा एक महिला रेड कार्पेटमा आएर चिच्याउन थालिन् । उनी टपलेस भएर आफ्नो शरीरमा युक्रेनको झण्डाको रङले पोतेकी ती महिलाले चिच्याउँदै भनिन्, “हामीलाई बलात्कार गर्न बन्द गर ।”

अहिले रुस र युक्रेनबीच युद्ध भइरहेको छ । रुसी सैनिकले युक्रेन महिलामाथि बलात्कार गरेको घटना सार्वजनिक भइरहेको सन्दर्भमा उनले कान्सको रेड कार्पेटमा टपलेस भएर सार्वजनिक रुपमा विरोध गरिन् । उनी युक्रेनको महिला अभियानकर्मी रहेको बताइएको छ ।

उनलाई तत्काल सुरक्षाकर्मीले कालो ज्याकेटले ढाकिदिए र आफूसँगै लिएर गए । सो बखत अन्य सेलिब्रेटीहरुले गरिरहेको वाक केहीबेर रोकिएको थियो ।