२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या दश हजार भन्दा कम



अ+ अ-

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दश हजार भन्दा कम हुन थालेको छ । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा आठ हजार १३ जना मात्रै नयाँ सङ्क्रमित थपिएका छन् । 

यो सङ्ख्या लामो समयपछिको सवैभन्दा कम भएको र दैनिक सङ्क्रमितहरुको सङ्ख्या पनि धेरै कम हुदै गएको संघीय स्वास्थ्य मन्त्रालयलका अधिकारीहरुले जानकारी दिएका हुन । उनीहरुका अनुसार भारतमा अहिले एक लाख दुई हजार ६०१ जना कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेका छन् । 

पछिल्लो एक दिनमा १६ हजार ७६५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै  अहिलेसम्म चार करोड २३ लाख सात हजार ६८६ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको अधिकारीहरुले जनाएका छन् ।  

उनीहरुका अनुसार भारतमा कोरोनाका कारण अहिलेसम्म पाँच लाख १३ हजार ८४३ जनाको मृत्यु भएको छ । ती मध्ये ११९ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा झण्डै पाँच लाख मानिसलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । (रासस/एएनआई)