२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन्दरी प्रतियोगिता रोक्न सांसद अमृता थापाको माग



अ+ अ-

काठमाडौँ । संसद्को महिला तथा सामाजिक समितिको बैठकमा नेकपा (माओवादी केन्द्र) की सांसद अमृता थापाले सुन्दरी प्रतियोगिता रोक्नु पर्ने माग गरेकी छिन् ।

बैठकमा महिला हिंसा र बलात्कारजन्य अपराधमा हदम्याद सम्बन्धी विषयमा छलफल भएको थियो । छलफलमा सांसद् थापाले सरकारलाई सुन्दरी प्रतियोगिता आयोजना नगर्दा राज्यलाई कति घाटा पर्छ ? भनेर सोधिन् ।

माओवादी केन्द्रका नेत्रीहरुले सुन्दरी प्रतियोगिताको सुरु देखि नै विरोध गर्दै आएका छन् । शान्ति प्रक्रियमा आएलगत्तै उनीहरुले प्रतियोगिता रोक्नुपर्ने माग राख्दै प्रदर्शन पनि गरेका थिए । उनीहरुले यस्ता सुन्दरी प्रतियोगिता रोक्नका लागि सरकारलाई दबाब पनि दिँदै आएका थिए ।

विगतमा पनि आफूहरुले सुन्दरी प्रतियोगिता राज्यको हितमा छैन भन्दै विरोध गरेको स्मरण गराउँदै सांसद् थापाले भनिन्, “मिस नेपाललगायतका सुन्दरी प्रतियोगिता रोक्नुपर्छ ।”

उनले बलात्कारको घटनामा एक वर्षभित्र उजुरी गर्नुपर्ने हदम्याद हटाइनुपर्ने बताइन् । “महिला हिंसा र हिंसाजन्य घटना वा बलात्कार जस्तो गम्भीर मानवताविरोधी कार्यमा हदम्याद लगाउनु हुँदैन, यसमा कानूनको अपुगता देखियो, यस्ता विषयमा हदम्याद नलाग्ने गरी कानून बनाउँ”, उनले भनिन् ।

त्यस्तै नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले महिला हिंसासम्बन्धी सबै कानूनको पुनरावलोकन जारी रहेको उल्लेख गर्दै कानूनमै हदम्याद राख्ने प्रावधान तुरुन्तै हटाउनुपर्ने बताइन् ।

पीडितले थाहा पाएर वा नपाएर एक वर्षभित्र उजुरी दिने स्थिति रहन नसक्नेतर्फ इंगित गर्दै सांसद भुसालले मानवताविरोधी बलात्कारका घटनामा उजुरी दिन हदम्याद राख्दा एक वर्षपछि फेरि अपराध गर्न सक्ने बताइन् । उनले भनिन्, “अपराधमा कुनै हदम्याद राखिनुहुन्न ।”




भर्खरै