२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा प्रमुख र उपप्रमुखमा एमाले अगाडि, माओवादी केन्द्रबाट शुन्य निर्वाचित



अ+ अ-

सुरुङ्गा । झापाका ८ नगरपालिका र ७ गाउँपालिका गरी १५ स्थानीय तहमा प्रमुख वा अध्यक्ष तथा उपप्रमुख वा उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट १७ जना निर्वाचित हुनुभएको छ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) एक्लैले प्रमुख पदमा ७ र उपप्रमुख पदमा १० जना निर्वाचित गराएको हो । नेपाली कांग्रेस पार्टीबाट प्रमुखमा ५ र उपप्रमुखमा ४ गरी ९ जना निर्वाचित गराउन सफल भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख पदमा दुई र उपप्रमुख पदमा दुई गरी चार जनालाई निर्र्वाचित गराउन सफल भएको छ । नेकपा (माओवादी केन्द्र) बाट प्रमुख र उपप्रमुख पदमा एक जना पनि निर्वाचित भएका छैनन् ।

नेकपा (एमाले)बाट मेचीनगर, विर्तामोड, शिवसताक्षी, गौरादह, अर्जुनधारा नगरपालिकामा प्रमुख र उपप्रमुख, तथा बाह्रदशी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पद नेकपा (एमाले)ले जितेको छ ।

त्यस्तै कनकाई नगरपालिका, गौरीगञ्ज, कमल वुद्धशान्ति र कचनकवल गाउँपालिकामा उपाध्यक्ष पदमा नेकपाा (एमाले)बाट निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) बाट मेची नगरपालिकामा निर्वाचित हुनेमध्ये प्रमुखमा गोपालचन्द्र बुढाथोकी, उपप्रमुखमा मीना कुमारी पोख्रेल रहनुभएको छ ।

विर्तामोड नगरपालिकामा प्रमुख पदमा पवित्रा महतरा प्रसार्इं र उपप्रमुखमा नगेन्द्रप्रसाद सङ्ग्रौला निर्वाचित हुनुभयो । अर्जुनधारा नगरपालिकामा प्रमुख पदमा बलदेवसिंह गोम्देन तामाङ र उपप्रमुख पदमा खड्गमाया पराजुली निर्वाचित हुनुभएको छ । शिवसताक्षी नगरपालिकाको प्रमुखमा मेगाहाङ थोप्रा र उपप्रमुखमा नरमाया कार्की निर्वाचित हुनुभएको छ ।

उता गौरादह नगरपालिकामा प्रमुख पदमा छत्रपति सुवेदी र उपप्रमुखमा जलवर्षा राजवंशी निर्वाचित हुनुभयो ।
त्यस्तै बाह्रदशी गाउँपालिकाको अध्यक्षमा देवेन्द्र चम्लगाई र उपाध्यक्ष पदमा शान्तादेवी शिवाकोटी खरेल निर्वाचित हुनुभयो । यता कनकाई नगरपालिकाको प्रमुख पदमा राजेन्द्रकुमार पोखरेल, कचनकवल गाउँपालिकाको उपप्रमुख पदमा नवराज भट्टराई, गौरीगञ्ज गाउँपालिकाको उपाध्यक्ष पदमा पुजन न्यौपाने कुँवर, कमल गाउँपालिकाको उपाध्यक्षमा प्रमिला न्यौपाने तिवारी निर्वाचित हुनुभयो ।

वुद्धशान्ति गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एमाले)बाट भवानीप्रसाद खतिवडा निर्वाचित हुनुभएको जिल्ला निर्वाचन कार्यालय झापाका अधिकृत तुलसीकुमार नेपालले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसले झापा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पद जितेको छ । झापा गाउँपालिकामा अध्यक्ष पदमा जयनारायण शाह र उपाध्यक्षमा अञ्जुवेदी थपलिया निर्वाचित हुनुभयो ।

त्यस्तै भद्रपुर नगरपालिकाको प्रमुख पदमा गणेश पोखरेल, गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा फूलवती राजवंशी, कचनकवल गाउँपालिकाको अध्यक्षमा कालेन्द्रप्रसाद सिंह राजवंशी, कमल गाउँपालिका अध्यक्षमा हुकुमसिंह राई, बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा मनोज प्रसार्इं निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसको तर्फबाट उपप्रमुखमा दमक नगरपालिकामा रेगिना भट्टराई र कनकाई नगरपालिकामा आशा शर्मा शिवाकोटी निर्वाचित हुनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दमकको प्रमुख पदमा राम थापा, हल्दिबारी गाउँपालिकाको अध्यक्षमा रवीन्द्र लिङ्देन र उपाध्यक्षमा लक्ष्मीदेवी मैनाली निर्वाचित हुनभयो । भद्रपुर नगरपालिकाको उपप्रमुखमा राधा कार्की निर्वाचित हुनुभएको छ ।




भर्खरै