२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली सुन बिक्री वितरण गर्ने ठगिको गिरोहलाई पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

लुम्बिनी । रुपन्देही प्रहरीले नक्कली सुन बिक्री वितरण गर्ने ठगिको गिरोहलाई पक्राउ गरेको छ ।

प्रहरीले जेठ ५ गते जिल्ला रुपन्देही सैनामैना नगरपालिका–१० शीतलापुरस्थित होटलमा बुटवल उपमहानगरपालिका– १७ बस्ने वर्ष ४० की धन सौमैलाई बोलाई आफूहरुसँग रहेको सुनजस्ता देखिने गोल्डेन कलरको धातु दिएर ठगिगरेको अभियोगमा उक्त गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

रुपन्देहीको गैडहवा गाउँपालिका–९ धुसुवा बस्ने ३७ वर्षिय काके भन्ने धनबहादुर सुनार, कञ्चन गाउँपालिका–१ हात्तीबजार बस्ने ३७ वर्षिय नवीन भन्ने देवबहादुर मगरलाई सैनामैना नगरपालिका–१ हात्ती बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले पीडित महिलालाई होटलमा बोलाई तपाईको पुरानो बाँकी रहेको पैसा दिन्छौँ भनी विभिन्न प्रलोभनमा पारी झुक्याइ नक्कली सुनका ढिक्का दिएर महिलासँग रहेको सुनको चेन (ब्रासलेट) समेत लिई फरार रहेका थिए ।

प्रहरीले उनीहरुसँग सुन जस्तो देखिने पहेँलो पदार्थ लगाएको फलामको ढिक्का ९ थान र विभिन्न कम्पनीका मोबाइल सेट चार थान र पीडितको ब्रासलेट गालेर बनाएको करिब १ तोला ७ लाल बराबर तौलको सुनको डल्लासमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।