२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानीमा तैरने सहर बन्दै, जसमा १२ हजार मानिस रहनसक्ने



अ+ अ-

एजेन्सी । दक्षिण कोरियाको बुसान सहरमा पानीमा तैरने सहर बन्ने भएको छ । तपाईलाई यो कुरा पत्यार नलाग्न सक्छ तर यो एकदम सत्य हो । यो सहर कुनै आश्चर्य भन्दा कम हुनेछैन ।

विश्वको पहिलो तैरने सहरको प्रोटोटाइप भइरहेको छ । संयुक्त राष्ट्र संघको सहयोगमा वैज्ञानिकहरुले यसको तयारी गरिरहेका छन् ।

यो परियोजना गत वर्ष घोषणा गरिएको थियो, जसलाई ओसियनिक्स(OCEANIX) नाम दिइएको छ । यस सहरको नयाँ डिजाइन गरिएका तस्बिरहरूमा, यो देख्न सकिन्छ कि आपसमा जोडिएका प्लेटफर्महरू १५.५ एकड क्षेत्रफलमा फैलिएका छन् । यो अनौठो सहरमा १२ हजार मानिस बस्न सक्छन् ।

सहरलाई पानीमा तैराउन २४ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । यो सहरको निर्माण सन् २०२५ सम्ममा सम्पन्न हुनेछ । ओसियनिक्सका का सिआइओ फिलिप होफम्यानले यस सहरको बारेमा धेरै कुराहरू भनेका छन् ।

फिलिप होफम्यान भन्छन् ‘ओसियनिक्स बुसान निर्माण गरेर, हामी पानीमा तैरने पूर्वाधारले तटीय शहरहरूको लागि नयाँ जग बनाउन सक्छ भनेर देखाउन चाहन्छौं । बढ्दो समुन्द्री सतहलाई सम्बोधन गर्न दिगो उपायहरू खोजिँदैछ ।’

यस परियोजनाबाट तटीय क्षेत्रमा बसोबास गर्ने जनतालाई सहयोग गर्ने उद्देश्य रहेको उनले बताए । ‘ती मानिसहरूलाई मद्दत गर्न चाहन्छौं जसको अस्तित्व समुद्रको सतह बढेर खतरामा छ ।’ उनी भन्छन् ।

ओसियनिक्सले विश्वका पाँचमध्ये दुई जना तटीय क्षेत्रबाट १०० किलोमिटरको दायराभित्र बस्ने गरेको बताइएको छ । बाढीका कारण वर्षेनी लाखौं मानिस घरबार छाड्न बाध्य छन् ।

यो सहर एकदमै सुन्दर निलो तालमा बनाइनेछ जसमा धेरै पोखरीहरू हुनेछन् । शहरको आधार धेरै अन्तरसम्बन्धित प्लेटफर्महरू हुनेछन् । कूल १५ दशमलव ५ एकड क्षेत्रफलमा सहर बस्‍नेछ ।

सहरलाई विभिन्न क्षेत्रमा विभाजन गरी बस्ने, अनुसन्धान र आवासको सुविधा हुनेछ । सहरका भवनहरूको उचाइ अग्लो हुने छैन । सात तलाभन्दा कम उचाइका यस्ता भवन निर्माण गरिनेछ । बलियो हावाले यी भवनहरूलाई असर गर्नुहुँदैन ।

बुसानले चर्को गर्मीको अनुभव गरेको छ, जसका कारण सौर्य ऊर्जा पनि प्रयोग गर्न सकिने गरी भवनको छाना छायादार बनाइनेछ । सहरका प्रत्येक टापुमा छवटा कुनाहरू हुनेछन् । यी सबै कंक्रीट भन्दा बलियो चुनढुङ्गाले ढाकिनेछन् ।