२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहुप्रतिक्षित चलचित्र कबड्डी ४ आउँदो शुक्रवारबाट



अ+ अ-

काठमाडौँ । दर्शकको मन जित्न सफल रहेको कबड्डी ब्राण्डको कबड्डी ४ (द फाइनल म्याच) आउँदो शुक्रवारबाट देशभर प्रदर्शन हुने भएको छ ।

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर कबड्डी ४ को बारेमा जानकारी गराइएको हो । फिल्मको एडभान्स बुकिङ खुल्ला भएको जनाइएको छ । नेपाली चलचित्रको सोमवबारबाट नै बुकिङ खुला भएको यो पहिलोपटक हो ।

कार्यक्रममा नायक दयाहाङ राईले फिल्मले दर्शकलाई भरपुर मनोरञ्जन दिलाउने बताउनु भयो । उहाँले कबड्डी एकदेखि ४ सम्म आईपुग्दा काजीको जीवन कसरी चलिरहेको छ भन्ने कुरा फिल्ममा आफ्नो पात्रको अभिनय रहेको बताउनु भयो । उहाँले कबड्डी ४ विशेष हुने पनि बताउनु भयो ।

त्यस्तै नायक सौगात मल्लले कबड्डी ४ सिरिजको फाइनल म्याच भएकोले के हुन्छ भन्ने नै मुख्य भाग रहेको बताउनु भयो । त्यस्तै नव नायिका मिरुना मगरले आफ्नो लागि यो नयाँ भएपनि फिल्ममा कुनै कन्जुस्याइँ नगरेको बताउनु भयो ।

रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, सारदा अधिकारी लगायतको अभिनय छ । ‘कबड्डी’को अन्तिम सिरिज भनिएको यस चलचित्रको कथा निर्देशक गरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् ।




भर्खरै