© 2023
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवा निर्देशिका २०८२ विपरीत एम्बुलेन्स सञ्चालन गरेमा कानुनी कारबाही हुने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बूढाथोकीले कसैले एम्बुलेन्स सेवा निर्देशका पालना नगरे कानुनीबमोजिम कारबाही गर्ने बताउनुभयो । मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई प्रभावकारी, व्यवस्थित, मितव्ययी तथा सेवाग्राहीमैत्री बनाउन निर्देशिका जारी गरेको छ ।