© 2023
ललितपुर। महिला उद्यमी महासङ्घ नेपालको दशौँ महाधिवेशनले दर्शना श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यकारिणी समिति चयन गरेको छ । महासङ्घले आज ललितपुरमा २२औँ वार्षिक साधारणसभा तथा १०औँ महाधिवेशन सम्पन्न गरेको हो । देशभरका महिला उद्यमीको छाता सङ्गठनका रूपमा कार्यरत महासङ्घ स्थापना कालदेखि महिला उद्यमीको विकास, प्रवर्द्धन तथा सामाजिक–आर्थिक सशक्तिकरणमा क्रियाशील