© 2023
मनाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनाङमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई समर्थन गर्दै नेकपा एमाले र राप्रपाका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राप्रपाका कुविरसिङ गुरुङले उम्मेदवारी फिर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् ।