© 2023
काठमाडौँ । श्रीलंका र भारतमा संयुक्त रूपमा आयोजना भएको नेत्रहीन महिला टी ट्वान्टी विश्वकपको पहिलो संस्करणमा उपविजेता बनेको नेपाली महिला टोली स्वदेश फर्किएको छ । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुले त्रिभूवन अन्त्र्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । श्रीलंकाको राजधानी कोलम्बोमा आईतवार सम्पन्न फाइनलमा भारतसँग सात विकेटले पराजित भएको थियो