© 2023
काठमाडाैँ । सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा सडक सुरक्षा, यातायात व्यवस्थापन, दुर्घटना न्यूनीकरण र पूर्वाधार सुधारका विषयमा केन्द्रित रही छलफल भएको छ । बैठकमा सांसद तथा विज्ञले बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी नीति कार्यान्वयनमा जोड दिनुभयो । समिति सभापति आशिष गजुरेलले सुझावलाई कार्यान्वयनमा लैजान समितिले सहजीकरण गर्ने बताउनुभयो