© 2023
घोडाघोडी, (कैलाली) । कैलालीको घोडाघोडी नगरपालिका–३ की काजल चौधरी सहकारी संस्थामा मल आयो भन्ने खबर सुन्नासाथ हतार–हतार दौडिनुहुन्छ । जुरपानीस्थित इभरग्रिन कृषि सहकारी संस्थाबाट रासायनिक मल पाउने आशामा उहाँले अहिलेसम्म चार पटकभन्दा बढी लाइन बसिसक्नुभएको छ । बिहानै ४ बजेदेखि सयौँ कृषकसँगै लाइन बस्ने उहाँको पालो भने अझै आएको छैन