२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अस्पताल सञ्चालनका विषयमा देखिएको विवादप्रति मन्त्रालयको ध्यानाकर्षण

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनमा देखिएको विवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा स्थलगत अनुगमन एवं वस्तुस्थिति बुझ्न खटिएको मन्त्रालयको टोलीमा सहभागी प्रतिनिधिमाथि गरिएको अनुचित व्यवहारप्रति दुुःख व्यक्त गरेको छ ।