© 2023
सिरहा। आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि सिरहा निर्वाचन क्षेत्र नं १ मा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । बहुदलीय व्यवस्था पुनःस्थापनापछिका सातवटा निर्वाचनमध्ये चार पटक नेपाली कांग्रेस र दुई पटक नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जितेको यो क्षेत्रमा यसपटक विरासत जोगाउने पुरानै चुनौतीका बीच नयाँ शक्तिहरूको उदयले प्रतिस्पर्धालाई थप पेचिलो बनाएको छ