२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीले सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने, नयाँ पठाउने तयारी



अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले संघीय सरकारमा सहभागी सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने भएको छ । पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टीको आज बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको जानकारी दिए ।

नेता खनालका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेर भोलि सोमबार बैठकको निर्णय कार्यान्वयन हुनेछ ।

उपमहासचिव विजय पौडेलका अनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालले शीर्ष नेताहरुसँग परामर्श गरेर मन्त्रीहरु परिवर्तन गर्नेछन् । अहिले बहाल मन्त्रीहरुलाई सरकारमा पठाउँदा छ महिनाको समय दिइएको बताइएको छ ।

सचिवालय बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै उपमहासचिव पौडेलले मन्त्रीहरुलाई पठाएको छ महिना व्यतित भइसकेकाले शीर्ष नेतासँग समझदारी अध्यक्ष नेपालले उपयुक्त निर्णय लिनुहुने बताए । उनले पार्टीले मन्त्रीको हेरफेर गर्ने निर्णय गरे सबै मन्त्रीले मान्नुपर्ने बताए । यसलाई मन्त्रीहरुले स्वाभाविक मान्नुपर्ने उनको भनाइ थियो ।