२५ जेष्ठ २०८३, सोमबार
,
Latest
एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले बलात्कार मुद्दामा तत्काल हदम्याद नहटाउने



अ+ अ-

काठमाडौँ । बलात्कार तथा यौनजन्य हिंसाको घटनामा उजुरी गर्ने हदम्याद सरकारले तत्काल नहटाउने भएको छ ।

सोमबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै कानून, न्याय तथा संसदीयमामिला मन्त्री गोविन्द बन्दीले हदम्यादसम्बन्धी प्रचलित कानूनमा रहेको व्यवस्था तत्काल पुनरविचार गर्न नसकिने बताए ।

उनका अनुसार एउटा घटनालाई लिएर हदम्यादसम्बन्धी सार्वजनिक बहस सुरु हुनासाथ हदम्यादमा पुनरविचार गर्न सकिँदैन । हदम्यादका कारण न्यायबाट बञ्चित हुन नपरोस् भन्ने सांसदहरुको भावनाप्रति सरकार गम्भीर रहेको छ भन्दै मन्त्री बन्दीले सार्वजनिक बहसको विषय बनेको यो हदम्यादसम्बन्धी व्यवस्थाबारेमा नेपाल कानून आयोगलाई अध्ययन गर्न भनिएको बताए ।

उनले भने, “कानून आयोगले सर्वोच्च अदालतले प्रतिपादन गरेका नजीर, विभिन्न मुलुकको हदम्यादसम्बन्धी प्रावधान र नेपालको सामाजिक परिवेशसमेत हेरेर प्रतिवेदन दिनेछ र त्यस आधारमा मात्र सरकारले पुनर्विचार गर्नेछ ।”

प्रतिवेदन आउनेवित्तिकै प्रतिवेदनले ल्याएको पक्षमा आवश्यक छलफल गरी कानूनमा आवश्यक छलफल गरिने उनको भनाइ थियो । नेपालमा मुलुकी ऐन, २०२० ले बलात्कार मुद्दामा ३५ दिन हदम्याद राखेको र पछि त्यसलाई बढाएर छ महिना बनाइएको र मुलुकी अपराध संहिता, २०७४ मा एक वर्ष राखिएको भन्दै उनले नेपालमा समाजको आवश्यकताका आधारमा बेलाबेला कानून परिवर्तन हुँदै आएको बताए ।

उनले चार वर्षअघि मात्र हदम्यादसम्बन्धी व्यवस्थामा पुनरविचार गरिएको बताए । सपना प्रधान मल्लले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले प्रतिपादन गरेको नजीरअनुसार व्यापक छलफल गरेर पुनरविचार गरिएको उनले जानकारी दिए ।