२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले पुनः फुटको संघारमा, घनश्यामसहितका केन्द्रीय सदस्य विद्रोहका लागि तयार



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) फेरि फुटको संघारमा पुगेको छ । पार्टीको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसालमाथि कारवाहीका लागि प्रक्रिया अगाडि बढाएपछि भुसालले पार्टीबाट विद्रोह गर्ने तयारी गरेका छन् ।

स्थानीय तहमा नराम्ररी क्षति बेहोर्नुपरेपछि भुसालले पार्टीको नेतृत्व गरेका केपी शर्मा ओलीले आत्मालोचनासहित बाम एकताका लागि आह्वान गर्नुपर्ने वा पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने प्रस्ताव तयार गरिसकेको बताइएको छ ।

नेता भुसालले पार्टीको बैठकमा ती दुई विकल्पसहितको प्रस्ताव प्रस्तुत गर्ने सूचना पाएपछि अध्यक्ष ओलीले केशव बडालमार्फत अनुशासनको कारवाही अगाडि बढाएको बताइएको छ ।

कारवाहीस्वरुप सम्भवतः भुसाल पार्टीबाट निष्काशित हुनसक्छन् । उनले त्यसको आकलन गरेर नै पार्टीबाट विद्रोह गर्ने पूर्वतयारी गरेका छन् । उनको साथमा एमालेका ३० जनाभन्दा बढी केन्द्रीय सदस्य रहेको बताइएको छ । योगेश भट्टराईले उनलाई साथ दिने वा नदिने स्पष्ट छैन । यदि भट्टराईले भुसाललाई साथ दिए विद्रोह गर्ने केन्द्रीय सदस्यको संख्या ५० जति पुग्ने जनाइएको छ ।

विगतमा माधव नेपालको साथमा रहेका नेताहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, भीम आचार्य, रघु पन्त ओलीको पेलाइमा पर्दै गएकाले उनीहरुले पनि विद्रोहमा भुसाललाई साथ दिने सम्भावना छ । उनीहरुले बाम एकताका लागि ओलीलाई दबाव दिँदै आएका छन् ।