७ असार २०८३, आईतवार
,
Latest
रास्वपा संविधान, कानूनको शासन र नागरिक स्वतन्त्रताद्वारा मर्यादित उदार लोकतन्त्रको पक्षमा छः उपसभापति वाग्ले राजावादीको भोट पनि रास्वपालाई गएको छ : राजेन्द्र लिङ्देन संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव रास्वपालाई अध्यक्ष राउतको सुझावः जेन–जी आन्दोलनको भावलाई नबिर्सनु प्रधानमन्त्री शाहको प्रशंसा गर्दै सीके राउतले भनेः ए अलग हि लेभलका बन्दा है सीके राउतले भने: रास्वपा कार्यकर्तामा देश बदल्ने गहिरो जुनुन छ रास्वपाको महाधिवेशन व्यवस्थापनका लागि २२ सदस्यीय निर्वाचन समिति गठन रास्वपा उपसभापति डा.वाग्लेले भनेः राजनीतिक संस्कार परिवर्तन हाम्रो मूल लक्ष्य हाे रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन रास्वपा महाधिवेशनस्थलमा पुगे रवि लामिछाने र बालेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेड नोटिस जारी भएका मण्डललाई दोहाबाट झिकाइयो



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा इन्टरपोलद्वारा रेड नोटिस जारी भई फरार रहेका प्रतिवादी धनुषा धनौजी गाउँपालिका–५ का राजिवकुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

मण्डलसहित दुई जनाले अघिल्लो वर्षको भदौ २६ गते ज्यान मार्ने उद्देश्यले धारिलो हतियार तरबार प्रहार गर्दा गम्भीर घाइते भएका धनुषा धनौजी गाउँपालिका–५ बहुअर्वा बस्ने सरोज मण्डलको काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको घटनाका आरोपीलाई दोहामा पक्राउ गरी बिहीबार नेपाल ल्याइएको हो ।

उक्त घटनामा मण्डलमाथि जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोधमा इन्टरपोलद्वारा यही भदौ १४ गते रेड नोटिस जारी भएको थियो ।

इन्टरपोल दोहा कतारसँगको आवश्यक समन्वयमा पक्राउ गरी नेपाल पठाइएका उनलाई बिहीबार प्रहरीको इन्टरपोल शाखाबाट खटिएको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि धनुषा प्रहरीलाई बुझाएको छ ।