१२ असार २०८३, शुक्रबार
,
Latest
पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा रास्वपाको उपसभापति पदमा सोबिता र तोसिमाबीच प्रतिस्पर्धा आँधीले जापानमा उडान प्रभावित रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक भासिँदा आवागमन ठप्प



अ+ अ-

तनहुँ । तनहुँको भिमादस्थित श्रृगपथ सडक खण्ड भासिँदा तनहुँसहित चार जिल्लाको आवागमनमा ठप्प भएको छ ।

गत मङ्गलबार साँझदेखि परेको अविरल वर्षाले जिल्लाको घिरिङ्ग गाउँपालिका–५ देउराली नजिकको सडक भासिँदा तनहुँको ऋषिङ, घिरिङसहित स्याङ्जा, पाल्पा र नवलपरासी गुड्ने सवारीसाधन रोकिएको हो ।

पहिरा अगाडिको भाग पहिरिएकाले दुईपाङ्ग्रे सवारीबाहेक ठूला सवारी गुड्न नसक्दा चाडपर्वका समयमा टीका लगाउन आवतजावत गर्ने मानिसहरुले सास्ती भोग्नुपरेको जनाइएको छ ।

गाडी नचलेपछि मानिसहरु लामो दूरी पैदल हिँडेर भएर पनि आफन्त, इष्टमित्र र मान्यजनको हातको टीका थाप्न जान बाध्य भएको उनले बताए । कि त त पहरा पट्टिको भित्ता काट्नु पर्छ कि त तलबाट पर्खाल उठाएर सडक सञ्चालन गर्न सकिने हुँदा तत्कालका लागि पहरा काट्न छिटो हुने देखिएको उनले जानकारी दिए ।

उक्त सडकबाहेक वैकल्पिक मार्गका रुपमा रहेको भिमाद, ऋषिङपाटन हुँदै ऋषिङ भञ्ज्याङदेखि घिरिङ देउराली जान सकिने भए पनि ठाउँठाउँमा पहिरा खसेर अवरोध भएकाले सम्भव नदेखिएको बताइएको छ ।

यात्रुहरुको समस्यालाई दृष्टिगत गरी तत्कालका लागि यताको गाडी यतै र उताको गाडी उतै व्यवस्था मिलाई यात्रुलाई गन्तव्यसम्म पु¥याउने योजना बनाइएको घिरिङ गाउँपालिकाका अध्यक्ष हेमबहादुर थापाले जानकारी दिए ।

उक्त सडक भएर सवारीसाधन गुड्ने चारवटै पालिकासँग समन्वय गरी जति सक्दो चाँडो दीर्घकालीन रुपमा सञ्चालन गर्न पहल भइरहेको उनको भनाइ छ ।