१२ असार २०८३, शुक्रबार
,
Latest
मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि गुटबन्दी गर्नेहरूलाई कारबाही गर्न मनिष झाको माग यातनापीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह मन्त्रिपरिषद् बैठक सुरु बसाइँसराइले रित्तिँदै गाउँ, गोरुको ठाउँमा किसानलाई कृषि औजार पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र…
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र बलियो हुन्छ



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदका उम्मेदवार गणेश कार्कीले आफ्नो उम्मेदवारी लोकतान्त्रिक मूल्य, मान्यता र विधिको पक्षमा रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै कार्कीले लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र बलियो बन्ने बताएका छन्।

उनले लेखेका छन्, “लोकतन्त्रलाई कोठाभित्रको सहमतिले होइन, प्रतिनिधिहरूको मतले सुरक्षित र बलियो बनाउँछ। महामन्त्रीमा मेरो उम्मेदवारी लोकतन्त्रको यही चरित्र, नीति र विधिका लागि हो।”

कार्कीले आफ्नो उम्मेदवारी कुनै व्यक्ति वा समूहविरुद्ध नभई पार्टीभित्र लोकतान्त्रिक अभ्यास, विधि र प्रतिनिधिको निर्णयलाई संस्थागत गर्ने उद्देश्यले रहेको स्पष्ट पारेका छन्।

रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि अन्तिम प्रतिस्पर्धामा गणेश कार्कीसहित पाँच जना उम्मेदवार मैदानमा छन्।