काठमाडौं । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ ।
निषेधाज्ञाबारे छलफल गर्न प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज अपराह्न ४ बजे बस्नेछ । आजको बैठकमा लामो दूरीका सार्वजनिक सवारीलाई जोर बिजोर प्रणालीमा चलाउन दिने कि नदिने भन्नेबारे छलफल हुने बताईएको छ ।
काठमाडौं उपत्यकामा भने यतिबेला सार्वजनिक यातायातका साधन जोर बिजोर प्रणाली बिना नै सबै चलिरहेको छ । उपत्यका बाहिरबाट आउने सार्वजनिक यातायातको हकमा भने पासको व्यवस्था गरी उपत्यका भित्रिन दिइएको छ ।












