६ असार २०८३, शनिबार
,
Latest
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोरी जन्मिएपछि परिवारै मिलेर हत्या, ४ जना पक्राउ



अ+ अ-

मोरङ । नवजात शिशुको हत्यामा संलग्न रहेको अभियोगमा ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रंगेली नगरपालिका-५ आँपगाछी टोल बस्ने २५ वर्षीया खुस्वु मण्डल, उनकै बुबा ५० वर्षीय नागेश्वर मण्डल, उनकै आमा ४८ वर्षीय उर्मिला मण्डल र उनकै श्रीमान २८ वर्षीय अरुण मण्डल रहेका छन् । 

आइतबार राति खुस्वुले छोरीलाई जन्म दिई ब्ल्याँग्केटले घाँटी थिची हत्या गरी उनकै आमा बुवाले संचालन गर्दै आएको रंगेली नगरपालिका-५ चाँदनी चोकस्थित मदिरा पसलभित्र खाल्डो खनी गाडेको अनुसन्धानको क्रममा खुल्न आएपछि ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरु उपर कर्तब्य ज्यान कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।