काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई निजी निवास बालकोटमा स्वागतको तयारी गरिएको छ । आज बिहान साढे ११ बजेतिर बालुवाटार सरकारी निवास बालुवाटार छोडेर निवर्तमान प्रधानमन्त्री ओली निजी निवास जाँदैछन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले आज बालुवाटार छोडेका हुन्।
ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्टिमिङ्ग र स्वागत गर्दै बालकोट लगिएको हो ।
बालुवाटार प्रधानमन्त्री कार्यालयदेखि ओलीलाई ५०० वटा गडि र २००० वटा मोटरसाइकलको स्कटिङ्ग र स्वागत गर्दै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म पुर्याउन लागिएको हो ।












