६ असार २०८३, शनिबार
,
Latest
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त मन्त्रीहरुले कार्यभार सम्हाल्दै



अ+ अ-

काठमाडौं । आज नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गर्दैछन् । (हिजो) मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका मन्त्रीहरुले आज आ-आफ्नो मन्त्रालय पुगेर कार्यभार सम्हाल्न लागेका हुन् ।

आज बिहान साढे १० बजे गृहमन्त्री बालकृष्ण खाँणले र अर्थमन्त्री जनार्दन शर्माले बिहान १० बजे पदभार ग्रहण गर्ने कार्यक्रम रहेको सम्बन्धित सचिवालयले जनाएको छ । यता कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने मंगलबार साँझ नै पदभार ग्रहण गरेका थिए ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो पहिलो चरणमा चार सदस्यीय मन्त्रिपरिषद गठन गरेका हुन् ।