६ असार २०८३, शनिबार
,
Latest
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले कार्यकर्ताको स्कर्टिङमा आज बालुवाटार छाडी बालकोट जाँदै ओली



अ+ अ-

काठमाडौं । आज निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष तथा केपी शर्मा ओलीले सरकारी निवास छाड्दै छन् । बालुवाटारस्थित सरकारी निवास छाड्दै आज बिहान उनी आफ्नै निजी निवास बालकोट सर्न लागेका हुन् । 

ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्टिमिङ्ग र स्वागत गर्दै बालकोट लग्ने बताईएको छ । बिहान ११ बजे बालुवाटारमा भेला भएर नारा जुलुससहित ओली बालकोटतिर लाग्नेछन् । बालुवाटार प्रधानमन्त्री कार्यालयदेखि ओलीलाई ५०० वटा गडि र २००० वटा मोटरसाइकलको स्कटिङ्ग र स्वागत गर्दै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म पुर्याउने छ ।

उक्त कार्यक्रममा सहभागिताको लागि एमाले नेता महेश बस्नेतले सबैलाई हार्दिक आमन्त्रण समेत गरेका हुन् । सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी परमादेश जारी गरेपछि ओलीको सरकारबाट बहिर्गमन भएको हो ।