६ असार २०८३, शनिबार
,
Latest
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनादेशबाट विजयी तर परमादेशबाट पराजित केपी ओलीलाई नयाँ यात्राको शुभकामनाः अध्यक्ष थापा



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा अविस्मरणीय योगदान गरेको भन्दै तारिफ गर्नुभएको छ । 

उहाँले सामाजिक सञ्जालमार्फत ओलीले लिम्पियाधुरा सहितको भूभाग माथिको सशक्त दावी कायम गर्दै नेपालको 'चुच्चे'नक्सा निर्माण तथा पृथकतावादी सिके राउत र विप्लव माओवादीको राष्ट्रिय मूलधारमा प्रवेश गराउनुभएको स्मरण गराउनुभयो । 

यस्तै उहाँले भन्नुभयो, 'जनादेशबाट विजयी तर परमादेशबाट पराजित केपी ओलीलाई नयाँ यात्राको शुभकामना ।'
 

 

निवर्तमान प्रम @kpsharmaoli को अविस्मरणीय योगदान:
-लिम्पियाधुरा सहितको भूभाग माथिको सशक्त दावी कायम गर्दै नेपालको 'चुच्चे'नक्सा निर्माण तथा
-पृथकतावादी सिके राउत र विप्लव माओवादीको राष्ट्रिय मूलधारमा प्रवेश

जनादेशबाट विजयी तर परमादेशबाट पराजित केपी ओलीलाई नयाँ यात्राको शुभकामना

— Kamal Thapa (@KTnepal) July 13, 2021