काठमाडौं। सर्वोच्च अदालतको परमादेशपछि कांग्रेस सभापति शेरबहादुर देउवालाले आजै प्रधानमन्त्रीको शपथ लिँदैछन्।
उनले आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् भने गठबन्धनमा आवद्ध दलका नेताहरुसँग सरकारमा सहभागी हुने विषयमा छलफल पनि जारी राखेका छन् ।
यता गठबन्धनमा सहभागी दल जसपा उपेन्द्र यादव समूह भने तत्काल सरकारमा सहभागी नहुने भएको छ । यादव समूह पार्टीको आन्तरिक समस्याका कारण केही दिन पछाडिमात्र सरकारमा जान लागेको हो ।












