६ असार २०८३, शनिबार
,
Latest
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने हाइटीविरुद्ध पहिलो हाफमै ब्राजिलको ३-०को अग्रता बजेटका बारेमा जलेश्वर नगरपालिकामा तनाव,जनप्रतिधिहरु नै उत्रिए तोडफोडमा रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज
तपाईं के खोज्दै हुनुहुन्छ ?

इराकको कोभिड अस्पतालमा आगलागी हुँदा कम्तीमा ५० जनाको मृत्यु



अ+ अ-

काठमाडौं । इराकको एक कोरोनाभाइरस अस्पतालमा आगलागी हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ। दक्षिण इराकको नसिरियास्थित अल हुसेन अस्पतालमा भएको आगलागी सोमवार साँझ नियन्त्रण गरिएको छ। 

आगलागीको कारण स्पष्ट नभए पनि अक्सिजन ट्याङ्की पड्किएर भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। इराकी प्रधानमन्त्री मुसतफा अल खादेमिले अस्पतालको प्रमुखलाई पक्राउ गर्न आदेश दिएका छन्। 

बिरामीका आफन्तहरूले अस्पताल भवन बाहिर प्रदर्शन गरेका थिए। प्रहरीसँग झडप भएको र दुई वटा प्रहरीको सवारीमा आगो लगाइएको समाचार संस्था रोयटर्सले जनाएको छ। 

अस्पतालको नयाँ वार्डमा ७० शय्या भएको र त्यो तीन महिनाअघि मात्रै निर्माण गरिएको त्यहाँका चिकित्साहरूले एपी समाचार संस्थालाई बताएको छ। एक क्षेत्रीय अधिकारीका अनुसार सो आगलागी हुँदा अस्पताल भवनभित्र कम्तीमा ६३ मानिसहरू थिए। 

"कोरोनाभाइरस वार्डभित्र निकै ठूलो विस्फोटको आवाज सुनेँ र त्यसलगतै आगलागी भयो," अस्पतालको एक सुरक्षा गार्डले रोयटर्सलाई बताए। अस्पतालमा खोजीकार्य जारी रहेको बताइएको छ। (एजेन्सी)