काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावल प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठकमा सहभागी हुन उनी बालुवाटार पुगेका हुन् ।
यता वरिष्ठ नेता माधव कुमार नेपालले आफू ओलीले बोलाएको बैठकमा सहभागी नहुने यसअघि नै जानकारी दिएका थिए ।
नेता नेपालको कोटेश्वरस्थित निवास विपक्षी गठबन्धनको बैठक बसिरहेका बेला रावल बालुवाटार पुगेका हुन्।
बालुवाटारमा स्थायी कमिटी बैठकको तयारी भइरहेको छ। एमाले विवाद समाधान कार्यदलमा रहेका नेपालनिकट अर्का नेता सुरेन्द्र पाण्डेले पनि आफू बालुवाटार बैठकमा जाने जनाएका छन् ।












