काठमाडौँः चीनले नेपाललाई थप खोप सहयोग गर्ने जानकारी गराएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार बिहान भर्चुअल रुपमा पत्रकार सम्मेलन मार्फत चीनले नेपाललाई थप खाृप सहयोग गर्ने बताउनु भएको हो । पत्रकार सम्मेलनमा राजुदत यान्छीले चीनले नेपाललाई हालसम्म १८ लाख अनुदान सहयोग र ४० लाख चीन–नेपाल खोप सहकार्य अन्तर्गत पठाएको उल्लेख गर्दै थप खोप पनि सहयोग गर्ने जनाउनु भयो । उहाँले भन्नुभयो ५८ लाख डोज खोप चीनबाट नेपाललाई सहयोग आउछ ।
चीनका कोरोना भाईरसरको सक्रमण फैलिएको समयमा नेपालले गरेको सहयोग स्मरण गर्दे नेपाल चीनको पुरानो,भरपर्दो साथी र छिमेकी रहेको बताउनु भयो । उहाँले नेपालको खोप अभियानमा सहयोगअन्तर्गत खरिद गरेको ४० लाख खोपमध्ये पहिलो खेपको खोप नेपाल आइसकेको जानकारी गराउनु भयो । चीनबाट सरकारले खोप कतिमा किनेको हो भन्नेबारे सोधिएको प्रश्नमा राजदूत यान्छीले अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपाल–चीन खोप सहकार्य भएको जानकारी दिनुभयो ।
उहाँले ‘विश्वका १ सय बढी मुलुकमा चीनले खोप दिएको छ र ती सबै मुलुकलाई यस्तै प्रक्रियाबाट खोप दिइएको जानकारी गराउँदै अन्तर्राष्ट्रिय कानुनअनुसार खोप सहकार्य गरिएको हो। यसमा कुनै असामान्य कुरा नभएको स्पष्ट पार्नुभयो । अर्को प्रसंगमा राजदुत यान्छीले नेपालतर्फको दुई नाकाहरु पूर्ण रुपमा संञ्चालन हुन नसक्नु राजनीतिक नभै प्राबिधिक कारण भएको बताउनु भयो । उहाँले भन्नुभयो तातोपानी र रसुवागढीको भन्सार नाकाका समस्याहरु राजनीतिक नभएर प्राविधिक बिषय हो ।
सिन्ज्याङ प्रदेश (तिब्बत क्षेत्र) को भूबनोट र त्यहाँ हुने अक्सिजनको समस्याका कारण पनि नाकामा कडाइ भै रहेको उहाँको भनाई रहेको छ । तातोपानीमा दैनिक १० वटा ट्रक आउने गरेको र रसुवागढीमा नेपाली क्षेत्रमा कम स्थान भएको कारणले गर्दा आयातमा केही समस्या भएको जानकारी आएको बताइन् । ‘तर यी समस्यालाई समाधान गरेर अघि बढ्नका लागि दुवै पक्षबाट प्रयासहरु भइरहेका उहााले जानकारी दिनुभयो ।
यो समस्या कोरोनाको कारणले हो, कोरोना सकिएपछि पूर्वबत अबस्थमा नै संञ्चालन हुन्छ राजदुत यान्छीले भन्नुभयो । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा आयोजित उक्त भर्चुअल पत्रकार सम्मेलनमा राजदूत यान्छीले चिनियाँ कम्युनिष्ट पार्टीले १०० वर्षमा गरेका प्रगति र पछिल्लो समय चीनले अवलम्बन गरेको पार्टी महासचिव एवं राष्ट्रपति सी चिनफिङको ‘चिनियाँ विशेषतासहितको समाजवाद’ विचार धाराबारे धारणा राखेकी राख्नु भएको थियो ।












