६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरकलह मिलाउन गठित एमाले कार्यदलको बैठक सुरु



अ+ अ-

काठमाडौ । पार्टी भित्रको अन्तरकलहको समाधान खोज्न क्रियाशिल नेकाप एमालेको कार्यदलको छलफल सुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसिरहेको बैठकमा यस अघि सहमतिको लागि भन्दै तयार परिएको बुदाँहरु लाई टुङ्गोमा पुर्योउन प्रयास गरिने एक नेताले जानकारी दिनुभयो ।

सैद्धान्तिक बिषयमा बिमति नभएको शिर्ष नेताहरुको ईगोको बिषयमा बढी भएका कारण कसरी  सहमति हुन्छ भन्ने अझै एकिन नभएको  उहाँले जानकारी दिनुभयो । कार्यदलका अधिकासं सदस्य समस्या समाधानका लागि सहमत भएपनि नेपाल पक्षका एक नेताले मात्र नयाँ नयाँ प्रस्ताब राख्दा समस्या सल्टिन नसकेको उहाँले जानकारी दिनुभयो ।

अर्को कुनै अडचन् नआए आज सहमति हुने र आजै स्थायी समितिको बैठक पनि बोलाउने तयारी रहेको पनि उहाँले जानकारी दिनुभयो ।