६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाग्मती प्रदेशसभा बैठक स्थगित



अ+ अ-

हेटौंडा । वाग्मती प्रदेशसभाको बैठक स्थगन भएको छ । प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न आह्वान गरिएको  बैठक अवरुद्ध हुँदै आएको छ । 

प्रदेशसभा सचिवालयले दुई दिनअघि सूचना जारी गरेर बैठक आज बस्ने जनाएको थियो । 

सचिवालयका अनुसार  आज स्थगन बैठक आइतबारसाढे ११ बजे बस्ने छ । आव २०७८÷८९ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा विद्युतीय बस सरकारले खरीद गरेर सञ्चालन गर्ने, सरकारले नै सञ्चारमाध्यमको सञ्चालन गर्ने लगायतका विषयमा असहमति जनाउँदै विपक्षीहरुले प्रदेशसभा बैठक अवरुद्ध गराउँदै आएका छन् । 

आजको बैठक पनि अवरुद्ध हुने देखेर स्थगन गरिएको हुनसक्ने सत्तापक्षका एक प्रदेशसभा सदस्यले बताउनुभयो ।