काठमाडौं । एमालेका पूर्वमाओवादी नेताहरू माओवादी केन्द्रको दल दर्ता खारेजी सम्बन्धी निवेदनमा भइरहेको प्रगतिबारे बुझ्न निर्वाचन आयोग पुगेका छन् ।आयोगमा भइरहेको निवेदनमाथिको कारवाही बुझ्न बगएको उनीहरुले बताएका छन् ।
उनीहरूले माओवादी केन्द्रको दल दर्ता खारेजीको निवेदन आयोगमा दर्ता गराएका थिए । बिहान ११ बजे टोपबहादुर रायमाझीको नेतृत्वमा प्रभु साह, मणि थापा र गौरीशंकर चौधरीलगायत नेताहरू निर्वाचन आयोग पुगेका हुन् ।
एमालेमा प्रवेश गरेसँगै उनीहरूको सांसद पद खारेज भएको थियो । यता लेखराज भट्ट भने अस्वस्थ भएका कारण नगएको बताइएको छ ।












