२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–२० महिला च्याम्पियनसिपः पहिलो हाफमा नेपाल २–० ले पछि



अ+ अ-

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल र आयोजक बंगलादेशबीचको खेल जारी छ ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा नेपाल बंगलादेशसँग २–० गोलले पछि परेको छ ।

बंगलादेशका लागि शाहिदा अक्टर रिपा र शामसुनाहर जुनियरले एक–एक गोल गर्दै नेपालविरुद्ध २–० को अग्रता बनाए ।