२५ जेष्ठ २०८३, सोमबार
,
Latest
महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना विरुद्ध एक मात्रा लगाए पुग्ने ‘जेन्सेन’ खोप ल्याइँदै



अ+ अ-

काठमाडौँ । कोभिड–१९ विरुद्ध एक मात्रा लगाए पुग्ने ‘जेन्सेन’ खोप ल्याइने भएको छ । अमेरिकी फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनद्वारा उत्पादित कोभिडविरुद्धको खोप ‘जेन्सेन’ कोभाक्स सुविधाअन्तर्गत अनुदानमा नेपालले पाउन लागेको हो । 

जोन्सनको ‘जेन्सेन एडी२६.सिओभी.२’ एक मात्रा लगाए पुग्ने खोप हो । यो खोपलाई पहिलो पटक गत फेब्रुअरीमा अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले आपत्कालीन उपयोगका लागि अनुमति प्रदान गरेको थियो । यो खोप १८ वर्षभन्दा माथि सबै उमेरका व्यक्तिलाई लगाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनले यो खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।

‘एक मात्रा मात्र चाहिने जेन्सेन खोप नेपाललाई दिने कुरा कन्फर्म भयो,’ स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाका निर्देशक डा। तारानाथ पोख्रेलले कान्तिपुरसँग भने, ‘कति मात्रा र कहिलेसम्ममा दिने भन्ने कुरा एक सातापछि थाहा हुन्छ ।’ कोभाक्स सुविधाअन्तर्गत नेपालले कुल जनसंख्याको २० प्रतिशतलाई पुग्ने खोप अनुदान सहयोगअन्तर्गत पाउनेछ । ‘यो खोप अमेरिकी सरकारले कोभाक्सलाई दिने र कोभाक्सको कोटाअन्तर्गत हामीकहाँ आउने हो,’ उनले भने ।

जेन्सेन खोप ०.५ एमएलको पाँच मात्रा भएको भाइलमा आउँछ । डब्लूएचओको नीतिअन्तर्गत एउटा भाइलबाट एक मात्रा खोप तानिसकेपछि त्यो भाइललाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ घण्टासम्म मात्र राख्नुपर्छ । ६ घण्टापछि उपयोग गर्न मिल्दैन ।

विश्व स्वास्थ्य संगठनको यो खोपबारे जारी अन्तरिम गाइडलाइनअनुसार यो खोपको ०.५ एमएल इन्ट्रामस्कुलरको रूपमा डल्टोइड मांसपेशीमा दिइन्छ । हालसम्म यो खोपको एउटै मात्रा प्रस्ताव गरिएको छ । अतिरिक्त मात्राको आवश्यकता र समयबारे क्लिनिकल ट्रायलअन्तर्गत अध्ययन जारी छ । जोन्सनको विज्ञप्तिअनुसार यो खोपलाई माइनस २० डिग्री सेल्सियसको तापक्रममा दुई वर्षसम्म सुरक्षित राख्न सकिन्छ भने २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा बढीमा ३ महिनासम्म राख्न सकिन्छ ।

यो खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रममा वितरण गरिएपछि पुनः निम्न तापक्रममा राख्न मिल्दैन । गम्भीर एलर्जीको समस्या भएका व्यक्तिले यो खोप लगाउनु हुँदैन । विज्ञहरूका अनुसार पलिसार्बेटबाट एलर्जी भएकाहरूले अस्ट्राजेनेका वा जेन्सेनको खोप लगाउनु हुँदैन । पलिसार्वेट औषधि र मेकअपजस्तो उत्पादनमा पाइने सामान्य घटक हो । यो खोप गम्भीर र अस्पताल भर्ना भएका बिरामीमा ८५.४ प्रतिशत प्रभावकारी छ । खोप लगाएको २८ दिनपछि मध्यम र गम्भीर संक्रमणविरुद्घ ६६।९ प्रतिशत प्रभावकारिता देखिएको छ ।

कोभाक्स सुविधाबाटै अस्ट्राजेनेकाको कोभिसिल्ड खोप जुलाई महिनाभित्र नेपाललाई दिने जानकारी आएको डा। पोख्रेलले बताए । यो खोप कति मात्रा दिने हो भन्नेबारे हालसम्म यकिन भएको छैन । अस्ट्राजेनेकाको खोप आउनासाथ पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई लगाइनेछ । ६५ वर्षमाथिकाका लागि गत वर्ष फागुन २३ देखि सुरु भएको खोप अभियानअन्तर्गत करिब १३ लाख ६० हजार जनाले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका छन् । उनीहरूले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

अक्सफोर्ड–अस्ट्राजेनेकाद्वारा विकसित ‘एजेडडी १२२२’ खोपलाई सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) ले भारतमा ‘कोभिसिल्ड’ को नाममा उत्पादन गरिरहेको छ । कोभाक्स सुविधाअन्तर्गत हालसम्म नेपालले ३ लाख ४८ हजार मात्रा ‘कोभिसिल्ड’ खोप पाएको छ । कोभिसिल्ड खोप भारतसँग २० लाख खरिद गरिएकामा हालसम्म आधामात्रै नेपालले पाएको छ । भारतले अनुदानमा छुट्टै १० लाख मात्रा खोप दिएको थियो । ‘पहिले जस्तै न्यूनतम साढे तीनदेखि १५ लाख मात्रासम्ममा कति दिने हो यकिन भएको छैन,’ डा। पोख्रेलले भने, ‘कोभाक्सलाई जति उपलब्ध हुन्छ, त्यसअनुसार नै हामीले पाउने हो ।’

कोभाक्स सुविधाबाट उपलब्ध गराइने अस्ट्रेजेनेकाको खोपको मात्राअनुसार यसलाई ६५ वर्षमाथिका ज्येष्ठ नागरिकमा समेत उच्च उमेरकालाई सबैभन्दा पहिलाको रणनीतिअनुसार दोस्रो मात्रा लगाइने डा. पोख्रेल बताउँछन् । कान्तिपुर दैनिक