२५ जेष्ठ २०८३, सोमबार
,
Latest
महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

उजुरी परेका दर्जनौं निकायमाथि अख्तियारले बढायो निगरानी



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगमा बढी उजुरी परेका दर्जनौं क्षेत्र तथा निकायमाथि विशेष निगरानी बढाएको छ । जसअनुसार संघीय मामिला मन्त्रालय र त्यसअन्तर्गतका विभिन्न स्थानीय तह, शिक्षा क्षेत्रसँग सम्बन्धित विश्वविद्यालय, विद्यालय, शिक्षा कार्यालय तथा युनिट, भूमि प्रशासनसँग सम्बन्धित मालपोत नापी कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका निकाय, सकड, यातायातलगायतका क्षेत्र विशेष निगरानीमा परेका छन् ।

यसैगरी वन तथा वातावरण मन्त्रालय मातहतका निकाय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मातहतका निकाय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका निकायविरुद्ध पनि अख्तियारमा अत्यधिक उजुरी परेकाले ती निकाय विशेष निगरानीमा राखिएको अख्तियारले जनाएको छ ।

आयोगमा चालू आर्थिक वर्ष २०७७–७८ को साउनदेखि जेठ मसान्तसम्मको अवधिमा १३ हजार ३३ उजुरी परेका थिए । अघिल्लो वर्षबाट जिम्मेवारी सरेका ८ हजार २ सय र जेठ महिनासम्म परेको १३ हजार ३३ सहित २१ हजार २ सय ३३ उजुरीमध्ये जेठ मसान्तसम्म ११ हजार ४ सय २४ उजुरी फस्र्र्योट भएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।