२७ जेष्ठ २०८३, बुधबार
,
Latest
नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने साम्पाङलाई बोल्न दिएपछि हट्यो सदनको अवरोध प्रतिनिधि सभाको १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

एम्बाप्पे र बेन्जेमालाई पछि पार्दै मेसीले जिते ‘फिफा द बेस्ट’ अवार्ड



अ+ अ-

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) तथा अर्जेन्टिनी स्टार लियोनल मेसीले ‘फिफा द बेस्ट’ अवार्ड जितेका छन् । ३५ वर्षीय मेसीले पिएसजी स्टार किलियन एम्बाप्पे र रियल मड्रिड स्टार करिम बेन्जेमालाई पछि पार्दै उक्त अवार्ड हात पारेका हुन् ।

मेसीको कप्तानीमा अर्जेन्टिनाले कतारमा विश्वकपको उपाधि जितेको थियो । उनले २०२१–२२ मा क्लब र देशका लागि ४९ खेलमा २७ गोल गरेका थिए ।

यस्तै, बार्सिलोनाकी एलेक्सिया पुटेलास वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भइन् । दोस्रो पटक अवार्ड जितेका मेस्सीले भने – ‘यो अचम्मको कुरा हो । यो एक ठूलो वर्ष हो र यहाँ आउनु र यो अवार्ड जित्नु मेरो लागि सम्मानको कुरा हो । मेरा साथीहरू बिना म यहाँ हुने थिइनँ ।’

पेरिसमा भएको समारोहमा अर्जेन्टिनालाई तेस्रो पटक विश्वकपको उपाधि दिलाएका लियोनेल स्कालोनी वर्षको ‘पुरुष प्रशिक्षक’ घोषित भए ।

स्कालोनीले म्यानचेस्टर सिटीलाई छैटौं प्रिमियर लिग उपाधि जिताउने पेप ग्वार्डिओला र रियल म्याड्रिडका च्याम्पियन्स लिग विजेता प्रशिक्षक कार्लो एन्सेलोटीलाई पछि पारे ।

इङ्ल्यान्डकी म्यानेजर सारिना विगम्यान वर्षको उत्कृष्ट ‘महिला प्रशिक्षक’ घोषित भइन् ।

एस्टोन भिल्ला र अर्जेन्टिनाका इमिलियानो मार्टिनेज ‘पुरुष गोलकिपर’को अवार्ड जित्न सफल भए भने ‘महिला गोलकिपर’को अवार्ड इंग्ल्याण्डकी मेरी इर्प्सले जितिन् ।




भर्खरै