२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०३० विश्वकप : स्पेन,पोर्चुगल र मोरक्कोको संयुक्त दाबी



अ+ अ-

काठमाडौं । सन् २०३० को विश्वकप फुटबल आयोजनामा स्पेन र पोर्चुगलसँगै सहआयोजकमा अफ्रिकी राष्ट्र मोरक्को थपिएको छ ।

स्पेन र पोर्चुगलले विश्वकप आयोजनाको लागि गत वर्ष नै संयुक्त दाबीको घोषणा गरेको थियो । अब सहआयोजकमा मोरक्को पनि थपिएको छ ।

यसअघि स्पेन र पोर्चुगलसँग युक्रेनले सहआयोजकको रुपमा काम गर्ने बताईएको थियो । तर, रुससँगको युद्दको कारण युक्रेनको भूमिका स्पष्ट नरहेको बताईएको छ ।

मोरक्कोले यसअघि २०१० को विश्वकप आयोजनाका लागि दाबी गरेको थियो । तर, दक्षिण अफ्रीकाले आयोजकको रुपमा बाजी मारेको थियो ।

सन् २०३० को विश्वकपका लागि अन्य थुप्रै राष्ट्रले समेत दाबी गरेका छन् । विश्वकप आयोजनाका लागि अर्जेन्टिनासहित चिली, उरुग्वे र पाराग्वेले संयुक्त दाबी पेश गरिसकेको छ ।

सन् १९३० मा पहिलोपटक उरुग्वेमा विश्वकपको आयोजना भएको थियो । यससँगै सन् २०३० मा विश्वकप आयोजना भएको १ सय वर्ष पूरा हुनेछ । सोहि कारणले अर्जेन्टिनासहित चार दक्षिण अमेरिकी राष्ट्रहरूले विश्वकपलाई ‘फुटबलको जन्म भएको ठाउँमा’ फर्कन आह्वानसहित संयुक्त दाबी पेश गरेका थिए।

यद्यपी, फिफाले २०३० को विश्वकप आयोजना बारे २०२४ मा घोषणा गर्ने जनाएको छ ।