२५ जेष्ठ २०८३, सोमबार
,
Latest
११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवादका लागि हरबखत तयार छौं, तर हिंसा मान्य छैन– योगेश भट्टराई



file photo
अ+ अ-

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफूमाथि भएको पहिचानवादीहरुको आक्रमणको प्रयास उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका मान्य नभएको बताएका छन् ।

७२ औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन इलामले आयोजना गरेको कार्यक्रममा सहभागी हुन इलाम पुगेका भट्टराईलाई इलाम बजारमा पहिचानवादीहरुले कालो झण्डा देखाएका थिए ।

उनले कार्यक्रममा जाँदै गर्दा इलाम बजारमा केहि व्यक्तिले कालो झण्डा देखाएपनि जिविस हलमा सानदार रुपले कार्यक्रम सम्पन्न भएको बताए । मदन भण्डारी जस्ता युग पुरुषको स्मरणका लागि गरिएको कार्यक्रमलाई बिथोल्न खोज्नु पहिचानवादीहरुका लागि पनि लज्जाको बिषय रहेको उनको भनाई छ ।

उनले फेशबुकमा लेखेका छन्,  एमाले फरक विचार र मतलाई सम्मान गर्ने पार्टी हो । हाम्रो भनाइ यही छ कि विरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ । उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामिलाई मान्य छैन । एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन । एमाले वार्ता र संवादका लागि हरबखत तयार छ ।’

https://www.facebook.com/yogeshbhattarai.ncp/posts/794810728683063?ref=embed_post