२४ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट रास्वपा सुनसरी सभापतिमा दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय भलिबल टोलीको कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त



अ+ अ-

काठमाडौं। नेपाली राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ चुनिएका छन् । नेपाल भलिबल संघको सोमबार बसेको कार्यसमिति बैठकले मानबहादुरलाई कप्तानको जिम्मेवारी दिइएको हो ।

त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्दै आएका मानबहादुर ८ वर्षदेखि राष्ट्रिय टोलीमा खेल्दै आएका छन् । उनले यसअघि पनि आर्मीको कप्तानी गरिसकेका छन् ।

यसअघि भलिबल संघले हरिहजुर थापालाई कप्तानबाट बर्खास्त गरेको थियो । गत सोमबार भएको सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगअन्तर्गत गण्डकी प्रदेशविरुद्ध खेलका दौरान हरिहजुर दर्शकतर्फ आक्रोशित भएको र कप्तानको भूमिका राम्रोसँग निर्वाह नगरेको भन्दै संघले कारवाही स्वरुप उनको पद खोसिएको थियो ।

संघले शनिबार हरिहजुरलाई बर्खास्त गरेपछि सोमबार नै कार्यसमितिले नयाँ कप्तान चयन गरेको हो । नेपालले अब मानबहादुरकै कप्तानीमा एसियाली खेलकुदमा सहभागिता जनाउनेछ ।यससँगै मानबहादुर राष्ट्रिय पुरुष भलिबल टोलीको ११ औं कप्तान बनेका छन् ।

मानबहादुर यसअघि पनि नेपाली टोलीको कप्तान थिए। उनले १३ औं दक्षिण एसियाली खेलकुदमा राष्ट्रिय भलिबल टोलीको कप्तानी गरेका थिए । गत वर्ष उनकै कप्तानीमा काभा भलिबलमा नेपाललाई दोस्रो स्थान दिलाएका थिए ।