२६ असार २०८३, शुक्रबार
,
Latest
मृत्यु/अशक्त वैदेशिक श्रमिकका ३ हजार ३६३ सन्तानलाई छात्रवृत्ति यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र महिला आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश राष्ट्रपति पौडेलद्वारा तीन वटा विधेयक प्रमाणिकरण विपक्ष दलका सांसदहरुलाई गृहमन्त्रीले भनेः आफू जनताको सेवा नगर्ने अनि मलाई स्टन्टबाज भन्ने ? नेप्से परिसूचक झिनो अङ्कले घट्यो असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण सुरू गरिने गणेश नेपाली प्रकरण छानबिन गर्न पाँच सदस्यीय समिति गठन सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ दक्षिण पूर्वका देशमा अनलाइन स्क्यामबाट ठगिएका ८ सय ३६ जना नेपालीको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सदनमा जानै लाग्दा अचानक बेहोस भएछु, थप स्वस्थ भएपछि उठेका प्रश्नहरुको सबै स्पष्ट गर्नेछु’



अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदानका बेला अनुपस्थित रहनुभएका सांसद खिमविक्रम शाहीले आफू सदनमा जानै लाग्दा बिरामी परी अचानक बेहोस भई अस्पताल भर्ना भएको बताउनुभएको छ । 

राष्ट्रिय जनमोर्चाको तर्फबाट सांसद बन्नुभएका शाहीले विज्ञप्ती जारी गर्दै आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आएको र आफू थप स्वस्थ भएपछि आफूमाथि उठेका सम्पूर्ण प्रश्नको स्पष्ट गर्ने बताउनुभएको हो । 

उहाँले विज्ञप्तीमा भन्नुभएको छ,

म खिम विक्रम शाही राष्ट्रिय जनमचाको तर्फबाट गण्डकी प्रदेश, बागलुङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २, प्रदेश सभा निर्वाचन क्षेत्र नं. ख बाट निर्वाचीत प्रदेश सभाको सदस्य हो । मिति २०७८ वैशाख १५ गते सदनको कार्यसुची बमोजीम मूख्यमन्त्री माथिको अविश्वासको प्रस्तावमाथि छलफल र मतदान हुने रहेको थियो । तर म सदनमा जाने भनि तयारी अवस्थामा रहेको बेला अचानक विरामी भई मेरो आफ्नै भाईलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा म बेहोस भएछु । म अहिले उपचाररत छु । हाल मेरो स्वास्थ्यमा क्रमिक सुधार आएको महशुस गरेको छ । म थप स्वस्थ भए पछि मेरो बारेमा उठेका कैयौं प्रश्नको बारेमा स्पष्ट गर्ने नै छु ।

अहिले समाचार र सामाजिक सञ्जालमा प्रचार भएका विभिन्न भ्रामीक खबरबाट आफ्नो धारणा बनाएर विचार प्रकट नगरि दिनु हुन म सम्पूर्ण दाजुभाई दिदी बहिनी र मेरा शुभचिन्तकहरुमा प्रष्ट पार्न चाहान्छु । साथै पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेका कारण ती निर्णयहरुप्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पांटी निर्णय प्रति प्रतिबद्धता कायमै छ ।

मेरो स्वास्थ्यप्रति गम्भीर भई उपचारमा सहयोग गर्नुहुने स्वास्थ्यकर्मी, स्वास्थ्यप्रति चासो र चिन्ता प्रकट गर्नु हुने मेरा पार्टीका नेता, प्रदेश सभाका माननीय ज्यूहरु, अग्रज साथीहरु र सम्पूर्ण शुभचिन्तकमा – धन्यबाद प्रकट गर्दछु ।