२६ असार २०८३, शुक्रबार
,
Latest
ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह जनता आवास कार्यक्रमः ३८ हजार ९ सय ३८ वटा आवास हस्तान्तरण, ८ हजार बढी निर्माणाधीन युएई नेपालमा कृषि, रेल र आईटी क्षेत्रमा लगानी गर्न इच्छुक, व्यापार सहकार्य विस्तारमा जोड माईतीघरमा नाराः बालेन सरकारको हातमा रगत छ ! (फाेटाे फिचर) गणेश नेपालीको निधनप्रति ट्रक यातायात व्यवसायी महासंघद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिनको माग सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने सरकारलाई युवाको चेतावनी–‘तिमीहरुको सरकार सडकमा ल्याउन दुई मिनेट लाग्दैन’ गणेश नेपालीको निधनप्रति एमालेद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग ज्ञानेन्द्र शाहीको आरोपः सरकारका सबै निर्णयहरु अर्बपति र करोडपतिहरुको पक्षमा केन्द्रित छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद हराए, चित्रबहादुर भन्छन् — हाम्रो निर्णय यथावत छ (अडियो सहित)



अ+ अ-

काठमाडौं । अघिल्लो संसदीय व्यवस्था अर्थात् गणतन्त्र अघिको राजनीतिमा प्रायः सुनिने गरेको सांसद हराएका या किनबेच भएका समाचारहरु अहिले आएर पुनरावृत्ति भएका छन् । त्यस्तै घटना बुधबार गण्डकी प्रदेशमा भयो । 

त्यस समय कुनै सरकार बनाउन या ढलाउन पनि यसैगरी कि सांसदहरु कुनै होटलमा खानपानसहित मोजमस्तीका साथ राखिएका हुन्थे या कुनै दलका प्रभावकारी नेताको रोहबर तथा रेखदेखमा राखिने गरिन्थ्यो । अहिले पोखरामा पनि त्यस्तै भयो । 

कतिपय सांसद त्यहाँको एक रिसोर्टमा राखिएको थियो । त्यतिले पनि नपुगेर केहीलाई नेताको रोहबरमा पनि राखियो । अझै यतिले नै पनि पुगेन र दुई जना त संसदमै अनुपस्थित भए ।  
 नेपाली काँग्रेसको अगुवाईमा वर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङका विरुद्धमा गण्डकी प्रदेश संसदमा अविश्वासका प्रस्ताव दर्ता भएको थियो, आजै अपरान्ह मतदान हुने तयारी थियो । बैठक शुरु भयो, मतदानको प्रक्रिया थालियो, तर दुई जना सांसद अनुपस्थित भएको खबर एकाएक बैठक हलमा आयो । 

ती थिए, राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाही र स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) । राष्ट्रिय जनमोर्चाले वर्तमान सरकारको विरुद्धमा अर्थात काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेलको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । 

पछिल्लो समयमा मनाङे पनि जनमोर्चासँग नजिकिएका थिए र विपक्षमा मतदान गर्ने भनेर पोखरेलको प्रस्तावको पक्षमा हस्ताक्षर गरेका थिए । यसै विषयमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो दलको निर्णय यथावत रहने बताउनुभयो । न्यूजपोलारसँग  नेता केसीले गण्डकी प्रकरणलाइ पार्टीले गम्भिर रुपमा लिएको बताउनुभयो   ।