२६ असार २०८३, शुक्रबार
,
Latest
बीमा, ओभरलोड र जरिवाना नीतिमा सुधार गर्न सरकारलाई ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सुझाव गणेश नेपालीको आत्महत्या राष्ट्रिय लज्जाको विषय: कुलमान घिसिङ गणेश नेपालीको आत्मदाह प्रकरण : अनुसन्धानका लागि तीन नगर प्रहरी नियन्त्रणमा राज्य नागरिकसंग सहकार्य होईन प्रतिद्वन्द्विता बढाउने बाटोमा छ: ओमप्रकाश अर्याल प्रधानमन्त्रीलाई महासंघको सुझाव ‘सरकारको भूमिका नियामक भन्दा सहजीकरणकर्ता र समन्वयकर्ताको हुनुपर्छ ’ उपकरण हस्तान्तरण गर्न भरतपुर अस्पतालको आह्वान एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ सार्वजनिक लेखा समितिद्वारा बेरुजु छलफलका लागि पाँच उपसमिति गठन, रास्वपाले तीन वटा राख्दा बाँकी दुईमा… बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मास्क नलगाएकै कारण थाइल्यान्डका प्रधानमन्त्रीले तिरे १९० अमेरिकी डलर जरिवाना



अ+ अ-

बैंङ्कक । थाइल्यान्डका प्रधानमन्त्री प्रयुथ चान–ओचा मास्क नलगाएपछि जरिवानामा परेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको अनुसार कोभिड–१९ विरुद्धको खोप कार्यक्रमका विषयमा भएको बैठकमा मास्क नलगाई उपस्थित भएपछि प्रयुथलाई १९० अमेरिकी डलर जरिवाना गरिएको हो । 

प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेजमा राखिएको तस्बिरबाट उनले बैठकमा मास्क नलगाएको स्पष्ट भएको हो । थाइल्यान्डमा कोरोनाभाइरस संक्रमण दर बढिरहँदा अधिकारीहरुले सार्वजनिकस्थलमा मास्क नलगाउनेमाथि ६४० डलरसम्म जरिवाना गर्ने नियम बनाएका छन् । आफ्नो कार्यकालमा पहिलोपटक प्रयुथले नियम उल्लंघन गरेकाले उनलाई कम जरिवाना गरिएको जनाइएको छ ।

सोमबार थाइल्यान्डमा दुई हजार ४८ जनामा कोरोना संक्रमण हुँदा आठजनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमण बढेसँगै यहाँ अस्पतालमा शय्या र सघन उपचारकक्षको अभाव भएको जनाइएको छ ।