काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेसँगै पर्सामा एक साताका लागि निषेधाज्ञा जारी गरिने भएको छ ।
मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।











