२६ असार २०८३, शुक्रबार
,
Latest
बीमा, ओभरलोड र जरिवाना नीतिमा सुधार गर्न सरकारलाई ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सुझाव गणेश नेपालीको आत्महत्या राष्ट्रिय लज्जाको विषय: कुलमान घिसिङ गणेश नेपालीको आत्मदाह प्रकरण : अनुसन्धानका लागि तीन नगर प्रहरी नियन्त्रणमा राज्य नागरिकसंग सहकार्य होईन प्रतिद्वन्द्विता बढाउने बाटोमा छ: ओमप्रकाश अर्याल प्रधानमन्त्रीलाई महासंघको सुझाव ‘सरकारको भूमिका नियामक भन्दा सहजीकरणकर्ता र समन्वयकर्ताको हुनुपर्छ ’ उपकरण हस्तान्तरण गर्न भरतपुर अस्पतालको आह्वान एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ सार्वजनिक लेखा समितिद्वारा बेरुजु छलफलका लागि पाँच उपसमिति गठन, रास्वपाले तीन वटा राख्दा बाँकी दुईमा… बाँकेमा सात हजारभन्दा बढी मेट्रिक टन मल वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना रोकथाम र नियन्त्रणका लागि चीनले सहयोग सामग्री पठाउँदै



अ+ अ-

काठमाडौं । चीन सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागी नेपाल सरकारलाई थप सामग्रीहरु उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । पराराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञावली र चिनियाँ विदेशमन्त्री वाङ यी बीच भएको भर्चुयल छलफलमा क्रममा चिनियाँ विदेशमन्त्रीले नेपाललाई आवश्यक पर्ने स्वास्थ्य सामग्री उपलब्ध गराउने बचन दिनुभएको हो ।  

माक्स , पिपिई  तथा  अक्सिजन सिलिण्डरहरु तत्काल सहयोग गर्ने चिनियाँ विदेशमन्त्रीले जानकारी गराउनु भएको थियो ।  यसै गरी नेपाल सरकार माग माग भएको ६० लाख डोज खोप मध्ये आठ लाख अनुदान स्वरुप प्राप्त भै सकेको बाकि खोप पनि सक्दो अनुदानमा वा सहुलियतमा दिने बचन चिनियाँ पक्षले दिएको छ ।  

यसैबीच कोरोना महामारी नियन्त्रणबारे चीनले  दक्षिण एसियाली मुलुकसँग सामूहिक छलफल गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले  नेपाल, अफगानिस्तान, पाकिस्तान, श्रीलंका र बंगालेशका समकक्षीहरुसँग संग खोपको आपूर्ती र कोरोना नियन्त्रणका बारेमा समकक्षीहरुसँग भर्चुअल सम्वाद गर्नुभएको हो ।