१ असार २०८३, सोमबार
,
Latest
उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु संसद्‌को रेकर्डबाट प्रधानमन्त्रीको विवादित अभिव्यक्ति हटाउन नेकपाको माग परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो प्रहरी देख्दा नागरिकले सुरक्षा होइन, त्रास महसुस गरिरहेका छन्ः संसदमा राई प्रतिनिधिसभा बैठक सुरु, विनियोजन विधेयकमाथि छलफल हुँदै उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलिया गएका बिमलले एफसी चितवनबाट एनएसएल खेल्ने



अ+ अ-

काठमाडौँ । हालै अष्ट्रेलिया गएका राष्ट्रिय फुटबलर बिमल घर्तिमगरले नेपाल सुपर लिग(एनएसएल) खेल्ने भएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफू नेपाल सुपर लिगमा आइकनिक प्लेयरका रुपमा सहभागी हुने जनाएका छन् ।

‍बिमल राष्ट्रिय फुटबल टिमबाट विदा हुँदै गत साता अष्ट्रेलिया प्रस्थान गरेका थिए । जानुअघि ललितपुर सिटी एफसीका मार्की खेलाडी रहेका उनले क्लबसँगको सम्झौता रद्द गरेका थिए ।

बिमलले छोडेपछि उनको स्थानमा क्लबले अनन्त तामाङलाई ल्याएको थियो ।

अष्ट्रेलियाबाटै बिमलले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूले चितवन एफसीबाट खेल्ने बताएका छन् । यस्तै एफसी चितवनले पनि यसबारे पुष्टि गरेको छ ।

एनएसएलको दोस्रो संस्करण आउँदो ८ मंसिरबाट सुरु हुँदैछ । टोलीमा ९ टोलीले सहभागिता जनाउनेछन् ।

p://