२६ असार २०८३, शुक्रबार
,
Latest
विद्युत सेवा सुधारमा ऊर्जा मन्त्री श्रेष्ठको जोड, वितरण प्रणाली चुस्त बनाउन निर्देशन ५५ प्रतिशत जलेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला बिग्रन सक्ने विश्वकपलाई नेट जिरो अवधारणामा सञ्चालन गर्न सकिन्छ ? ऊर्जा क्षेत्रका उद्यमीसँग आज प्रधानमन्त्री शाहको छलफल हुँदै केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान फुटबलमार्फत युवाको ‘नेट जिरो’ सन्देश, जलवायु कार्यमा विश्व नेतालाई जिम्मेवार बन्न आग्रह ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण कर्णाली नदीमा बेपत्ता मध्ये थप दुई जनाको शव फेला युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन आर्थिक वर्षको अन्त्यमा खर्चको चाप: असारमा मात्रै ११ प्रतिशत र एकै दिन ३३ अर्ब १६…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेश सरकारको पहिलो भवन शिलान्यास



अ+ अ-

कर्णाली । कर्णाली प्रदेश सरकारको आफ्नै भवनको पहिलो पटक लेखा नियन्त्रक कार्यालय सुर्खेतको शिलान्यास गरिएको छ । आर्थिक मामिला तथा योजनामन्त्री बिमला केसीले आज सो भवनको शिलान्यास गर्नुभयो । उहाँले मुलुक सङ्घीयतामा गइसकेपछि पहिलो पटक प्रदेश सरकारअन्तरगतको भवन शिलन्यास हुनु सुखद् क्षण भएको बताउनुभयो ।

प्रदेश लेखा नियन्त्रक कार्यालय भूकम्प प्रतिरोधात्मक र गुणस्तरयुक्त बनाउन निर्माण कम्पनीलाई निर्देशन दिँदै उहाँले भवन भनेको यस्तो पो हो भन्ने गरी काम देखाउन आग्रह गर्नुभयो । प्रदेश लेखा नियन्त्रक मानबहादुर बमले आर्थिक मामिला तथा योजना मन्त्रालयको चालु आव ०७७/०७८ मा विनियोजित बजेट रु तीन करोड ५३ लाख ९३ हजार ४९४ मा उक्त भवन निर्माण हुने बताउनुभयो ।

प्रदेश सरकारको आफ्नो जग्गा नहुँदा सङ्घीय सरकारअन्तरगत स्थानीय सरकारबाट भोगाधिकार लिएर भवन निर्माणकार्य शुरु गरिएको उहाँले जनाउनुभयो । उक्त भवन निर्माण्का लागि गत चैत २२ गते निर्माण सम्झौता गरेको शिवशक्त चक्रेश्वरी कन्स्ट्रक्सन प्रालि काठमाडौँले २०७९ चैत २१ गते सम्पन्न गर्ने गरी जिम्मा लिएको छ । रासस