२६ असार २०८३, शुक्रबार
,
Latest
विद्युत सेवा सुधारमा ऊर्जा मन्त्री श्रेष्ठको जोड, वितरण प्रणाली चुस्त बनाउन निर्देशन ५५ प्रतिशत जलेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला बिग्रन सक्ने विश्वकपलाई नेट जिरो अवधारणामा सञ्चालन गर्न सकिन्छ ? ऊर्जा क्षेत्रका उद्यमीसँग आज प्रधानमन्त्री शाहको छलफल हुँदै केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान फुटबलमार्फत युवाको ‘नेट जिरो’ सन्देश, जलवायु कार्यमा विश्व नेतालाई जिम्मेवार बन्न आग्रह ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण कर्णाली नदीमा बेपत्ता मध्ये थप दुई जनाको शव फेला युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन आर्थिक वर्षको अन्त्यमा खर्चको चाप: असारमा मात्रै ११ प्रतिशत र एकै दिन ३३ अर्ब १६…
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र क्षेत्रमा सरकारले राहत कार्यक्रम ल्याउने- परराष्ट्रमन्त्री ज्ञवाली



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले कोभिड–१९ का कारण चलचित्र क्षेत्रले भोगिरहेको समस्या बारे सरकार जानकार रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा ‘नेपाल–अफ्रिका फिल्म फेस्टिभल, २०२१’ को उद्घाटन गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले कोभिड–१९ को कारण नेपाली चलचित्र क्षेत्रमा परेको प्रभावको बारेमा सरकारलाई जानकारी रहेको र यस क्षेत्रलाई पुर्नबहाली गर्न सरकारले विभिन्न ढङ्गले प्रयासहरु पनि गरिरहेको बताउनुभयो । 

सरकारले नेपाली चलचित्रहरुको अन्तर्राष्ट्रियकरण गर्न विदेशमा नेपाल फिल्म भेस्टिभल आयोजना गर्ने विषयमा छलफल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘कोभिडले पारेको असर नेपालको फिल्म क्षेत्रले कसरी भोगिरहेको छ भन्ने बारेमा सरकार जानकार छ । यो क्षेत्रलाई कसरी रिभाइभ गर्न सकिन्छ, फिल्म निर्माता, कलाकार, हल सञ्चालक, प्राविधिकहरु, हजारौँ फिल्म उद्योगमाथि आश्रित हुनुहुन्छ । 

उहाँहरुलाई परेको कठिनाइका बारेमा सरकारलाई जानकारी छ । त्यसका निम्ति विभिन्न ढङ्गले हामीले प्रयासहरुपनि गरिरहेका छौँ । नेपाली फिल्महरुको अन्तर्राष्ट्रियकरण गर्ने, फेस्टिभलको माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्र, मञ्चहरुबाट प्रदर्शित गर्ने विषयमा कसरी अगाडी बढ्न सकिन्छ, नेपाल फिल्म भेस्टिभल कसरी आयोजना गर्न सकिन्छ अन्तर्राष्ट्रिय रुपमा, हामी छलफल गर्नेछौं ।’

शुक्रबार देखि काठमाडौंस्थित राष्ट्रिय नाच घरमा नेपाल अफ्रिका फिल्म फेस्टिभल शुरु भएको हो । फेस्टिभल बैशाख १२ गतेसम्म चल्नेछ । नेपाल अफ्रिका फिल्म फेस्टिभलकी निर्देशक मञ्जु मिश्रले ५४ वटा अफ्रिकि देशहरुको प्रतिनिधित्व फिल्म फेस्टिभलमार्फत गर्न खोजिएको बताउनुभयो । फिल्म फेस्टिभलमा नेपाली फिल्महरुपनि प्रदर्शन गरिने उहाँले बताउनुभयो । नेपाल र अफ्रिकाबीचको दुरी घटाउँदै अफ्रिकिहरुको जीवनस्तर, सामाजिक परिवेश, संस्कृति र रहनसहन बुझ्नका लागि यस फिल्म भेस्टिभलले सहयोग गर्ने पनि बताउनुभयो ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेपाल अफ्रिका फिल्म फेस्टिभलले नेपाल र अफ्रिकाबीचको रहनसहन, भाषा, सभ्यतालाई नजिक बनाउने बताउनुभयो । दुई देशबीचको मित्रतालाई अघि बढाउन मद्दत पुग्ने पनि बताउनुभयो ।

अधिकारीले विदेशमा छरिएर रहेका नेपालीहरुले पनि नेपाली फिल्म फेस्टिभल गर्ने कुराको प्रतिक्षामा रहेको बताउनुभयो । छिटोभन्दा छिटो नेपाली सिनेमाहरु पनि विश्वभर पुग्नेमा आफू आशावादी रहेको अधिकारीले बताउनुभयो ।