२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री बनेका चार सांसदलाई जसपाको स्पष्टीकरण, पत्र बुझ्न मन्त्रीहरुले गरे अस्वीकार



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीका चार सांसदलाई संसदीय दलले २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोधेको छ ।  

पार्टी र संसदीय दलको निर्णय तथा ह्वीप उल्लंघन गर्दै मन्त्री बनेको भन्दै उहाँहरुलाई स्पष्टीकरण सोधिएको हो । 

लुम्बिनी प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ताका लागि सोमबार बिहान हस्ताक्षर गरेका सन्तोष पाण्डे र सुमन रायमाझीसहित विजय यादव र कल्पना पाण्डे लम्साललाई २४ घण्टाभित्र स्पष्टिकरण बुझाउन संसदीय दलले निर्देशन दिएको हो ।

२४ घण्टाभित्र चित्तबुझ्दो स्पष्टिकरण नआए प्रदेश सभा सदस्य पदबाट मुक्त गर्न प्रचलित कानून अनुसार दलले आवश्यक प्रकृया अघि बढाउने समेत बताइएको छ । 

यता संसदीय दलले पठाएको स्पष्टिकरण पत्र बुझ्न मन्त्रीहरुले भने अस्वीकार गर्नुभएको छ ।